मेरो किसानको छलाङ : ४० करोड लगानीमा चितवनमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर

Published on 17 Aug, 2025

मेरो किसानको छलाङ : ४० करोड लगानीमा चितवनमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर

काठमाडौं । तरकारी तथा फलफूलको व्यापारमा संलग्न मेरो किसान लिमिटेडले ४० करोड लगानीमा चितवनमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण थालेको छ।

भरतपुर महानगरपालिकाको पटिहानीमा दुई विघा जग्गामा पूर्वाधार निर्माण सुरु भएको हो। कम्पनीका प्रवन्ध निर्देशक अविनाश सिलवालले पाँच महिनाभित्र संचालनमा आउने उद्योगमा २५ वटा भन्दा बढी खाद्यान्न प्रशोधन गरिने जानकारी दिए।

उनका अनुसार उद्योगमा तेल मिल, केचप, बेसार, अदुवाको सुठो, कफी लगायतका खाद्यान्न प्रशोधन हुनेछ। सिलवालले देशभित्रकै कृषि उत्पादनलाई प्राथमिकता दिएर प्रशोधन गरिने दाबी गरे।

‘हामीले देशकै केन्द्रमा प्रशोधन उद्योग र कोल्ड स्टोरेज स्थापना गरेका छौं। हाम्रो उदेश्य भनेको स्वदेशी कृषि उपजको बजारीकरण गर्नु हो,’ उनले भने, ‘यहाँ उत्पादन भएका सामान अन्तर्राष्ट्रिय बजारमा निकासी गर्नेछौं।’

सिलवालका अनुसार उत्पादन धेरै भएका तरकारी तथा फलफूल कोल्डस्टोरेजमा राखेर उचित मूल्य दिने प्रयास समेत गरिनेछ। कोभिड-१९ का समयमा स्टार्टअप कम्पनीको रुपमा स्थापना भएको मेरो किसानले अहिले ‘एग्रेसिभ’ रुपमा बजार विस्तार गरिरहेको छ।

Read Full Article About

Other Articles

यस्तो बजेट चाहन्छन् कृषि उद्यमी

27 May, 2025

यस्तो बजेट चाहन्छन् कृषि उद्यमी

पछिल्लो समय ठूला घराना पनि कृषि उद्यममा संलग्न छन् । तर युवा विदेश गइरहेका छन् । देशमा भविष्य देख्न छाडिसके । त्यहीमाथि सबैले उपेक्षा गरेको क्षेत्रमै भविष्य खोज

Read More About यस्तो बजेट चाहन्छन् कृषि उद्यमी
किसानको डिजिटल हाटबजार

14 May, 2025

किसानको डिजिटल हाटबजार

सिलवालले बिचौलियाको अवस्था अध्ययनको क्रममा थाहा पाए । बिचौलियाको पनि तह हुन्छ— किसानको बारीबाट किन्ने, ढुवानी गरेर स्थानीय तरकारी संकलन केन्द्रमा लैजाने

Read More About किसानको डिजिटल हाटबजार
'तपाईं तरकारी र फलफूल उब्जाउनुहोस्, मेरो किसानले बेचिदिन्छ'

14 May, 2025

'तपाईं तरकारी र फलफूल उब्जाउनुहोस्, मेरो किसानले बेचिदिन्छ'

अविनाशलाई किसान र तिनका उत्पादन बेच्ने व्यापारीबीच तालमेल नमिलेजस्तो लायो। उनी किसानलाई कसरी प्रत्यक्ष रूपमा बजारमा जोड्न सकिन्छ भनेर अनुसन्धान गर्न थाले।

Read More About 'तपाईं तरकारी र फलफूल उब्जाउनुहोस्, मेरो किसानले बेचिदिन्छ'
कोही किन किसान बन्ने ?

11 May, 2025

कोही किन किसान बन्ने ?

कोरोना कहर, बढ्दो लकडाउन तथा आन्तरिक एवम् वैदेशिक रोजगारबाट फर्केका युवाहरूको बेरोजगारी र उत्पन्न हुन सक्ने खाद्य संकटको कारण यति बेला

Read More About कोही किन किसान बन्ने ?
किसानको साथी, उपभोक्ताको रोजाइ ‘मेरो किसान’

11 May, 2025

किसानको साथी, उपभोक्ताको रोजाइ ‘मेरो किसान’

०७६ सालमा कोभिड–१९ महामारी सुरु हुँदा गोरखाका अविनाश सिलवाल कृषि अर्थशास्त्रमा स्नातकोत्तर गर्दै थिए। काठमाडौंको गोल्डेन गेट कलेजमा पढ्दै

Read More About किसानको साथी, उपभोक्ताको रोजाइ ‘मेरो किसान’